नूनमा विषालु पदार्थ मिसाएर पहिले पनि भएको थियो सामूहिक हत्याको प्रयास

0
Shares

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति भएको विभत्स घटनामा ९ जनाको हत्या भएको छ ।

आरुबोटे ३ को वडा कार्यालय छेउँमा भएको उक्त घटना मा भएको उक्त घटनामा धनराज शेर्माको ५ जनाको परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या हत्या भयो ।

उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो । जहाँ नूनमा कुनै विषालु पदार्थ मिसाइएकाले त्यहाँको खाना खाँदा ८ जना विरामी समेत भएको समाचारपत्रकर्मीले जानकारी दिएका छन ।

अहिले पाँचथर सदरमुकामबाट डीएसपीको कमाण्डमा र झापाबाट एसपीको कमाण्डमा टोली गएको छ ।

नाताले ज्वाईँ ससुरा पर्ने दुवै घरमा सबैको हत्या गर्ने षड्यन्त्र रहे पनि एक बालिका भने जिवितै फेला परेको बताइएको छ उनको सदरमुकाम फिदिममा उपचार हुँदैछ ।