दुई परिवारका नौं जनाको हत्या मुखुण्डो लगाएर आएको समूहले गरेकाे खुलासा

0
Shares

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ ।

सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । शेर्माको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिनुभयो ।

हत्या गरिएकामा जस्मिता फियाक, धनराज शेर्मा, मनकुमारी फियाक, इक्सा शेर्मा, योवना शेर्मा, मुना शेर्मा, बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।