पाँचथरकाे आरुबोटेमा दुई परिवारका नौं जनाको विभत्स हत्या, घटना रहस्यमय

0
Shares

पाँचथर । पाँचथरमा दुई परिवारका नौं जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

त्यस्तै उक्त हत्या घटनामा परी एक बालिका समेत घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिएका छन् । एकै पटक यति धेरै मानिसको हत्याको घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।