काठमाडौं, (नेस)
डाबर नेपालले रियल मिक्स्ड फ्रुट जुसमा चटपटा र स्पाइसी मसला स्वादको फ्रुट जुस बजारमा ल्याएको छ ।
रियल मसला शृखंलाअन्तर्गत मिक्स्ड मसला पहिलो त्यस्तो विकल्प हो, जसले उपभोक्तालाई थप खुशीको अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ ।
रियल मिक्स्ड फ्रुट मसला असली र चटपटा मसलाका साथ घोलेर तयार पारिएको हो ।रियल मिक्स्ड फ्रुट मसला आकर्षक टेट्रा प्याकमा उपलब्ध छ । यसको बजार मूल्य १ लिटरको २ सय र २०० मिलिको २५ कायम गरिएको छ ।
प्रतिक्रिया