प्रतिफल छिट्टै पाउने आशामा पुँजी बजारमा उच्च लगानी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्षको अन्त्यतिर विकास खर्च उच्च हुने र बजारमा लगानीयोग्य पु“जी वृद्धि भई तरलता समस्या समाधान हुने आशामा पु“जी बजारका लगानीकर्तँहरूले लगानी बढाउँदै लगेका छन् ।

तरलता समस्या समाधान हुने र छोटो समयमा प्रतिफल उच्च प्राप्त गर्न सक्ने अपेक्षाका साथ लगानीकर्ताले मन खोलेर लगानी बढाउ“दा हिजोआज दैनिक अर्ब रुपिया“भन्दा बढीको शेयर कारोबार हुने गरेको छ ।

अघिल्लो महिना लगातार वृद्धि भएको शेयर परिसूचक पछिल्ला दिनमा भने फेरि ओरालो लाग्नको थालेको छ । नेपालको शेयर बजारको कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ९ दशमलव १३ अंकलले घटेर १३०७ दशमलव ७१ अंकमा झरेको छ ।

नेप्से परिसूचकमा गिरावट आएको भए पनि कारोबार रकम भने उत्साहपूर्ण रहेको छ । यस दिन कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पा“च लाख सात हजार रुपिया“ कारोबार भएको छ ।

यस दिन जलविद्युत् समूह १६ दशमलव ५९ र अन्य समूह २ दशमलव ७६ अंकले बढेको भए पनि बा“की समूहमा भने गिरावट आएको छ । गिरावट भएका समूहमध्ये बैंकिङ समूह ७ दशमलव २७, होटल समूह ४ दशमलव ५८, विकास बैंक समूह २० दशमलव ३५, वित्त समूह १९ दशमलव ९६, निर्जीवन बीमा समूह ११९ दशमलव २५, उत्पादन समूह ५२ दशमलव ६९, लघुवित्त समूह १६ दशमलव ८२, जीवन बीमा समूह ८५ दशमलव ४४ र सामूहिक लगानी कोष शून्य दशमलव १९ अंकले घटेको छ ।

समग्र परिसूचकमा गिरावट आएको भए पनि कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ । त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत, सिन्धु विकास बैंक ९ दशमलव २९ प्रतिशत, वेस्ट फाइनान्स कम्पनी ९ दशमलव २८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव शून्य ९ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।

उता, गुमाउनेहरुमध्ये पा“चथर पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्था ७ दशमलव २५ प्रतिशत, शिवम् सिमेन्ट ५ दशमलव ४० प्रतिशत, रिडी हाइड्रोपावर ५ दशमलव शून्य ५, कन्काई विकास बैंकको ४ दशलव ७६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा अगाडि रहेको छ । यस कम्पनीको २५ करोड २१ लाख ६० हजार रुपिया“को शेयर किनबेच र भएको छ ।

यसैगरी नेपाल बैंकको २३ करोड २१ लाख ९५ लाख, हिमालयन डिस्टिलरीको आठ करोड २९ लाख ५६ लाख, बुटवल पावर कम्पनी चार करोड ४७ लाख रुपिया“ बराबरको कारोबार भएको छ ।यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोेबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९९ अंकले घटेर २७९ दशमलव ८० अंकमा झरेको छ ।