राजपा अझै असन्तुष्ट

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांँसद्हरूले प्रतिनिधिसभाको सोमबारको बैठकमा उठेर विरोध गरेका छन् ।

आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजपा सांसद चन्दा चौधरीलाई बोल्न समय दिनुभएको थियो ।

उहाँले आफूहरुको जायज माग पूरा गर्न सरकार तयार नभएकाले वाध्यतावश विरोध गर्नुपरेको जिकिर गर्नुभयो ।

सभामुख महराले आफू यस विषयमा गम्भीर भएको भन्दै सरकारलाई ‘रुलिङ’ गर्नुभएको थियो । सभामुखको आश्वासनपछि राजपा सांसदहरु बसेका थिए । गृहमन्त्री रामबहादुर थापाले यसअघि नै सरकारले आवश्यक ठानेको दिन प्रतिवेदन सार्वजनिक गर्ने जवाफ दिइसक्नुभएको छ ।

मधेश, थरुहट आन्दोलनका साथै अन्य घटनाबारे अध्ययन, अनुसन्धान गरी न्यायिक सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न भन्दै पछिल्लो समयमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ साल असोज २ गते समिति गठन गरेको थियो ।

आयोगले २०७४ साल माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । आयोगले ३ हजार २ सय ६४ घटनाको छानबिन गरेको थियो । आयोगका सदस्य नबराज सिलवालले सरकारलाई प्रतिवेदन बुझाइसकेको बताउँदै भन्नुभयो ‘हामीले सरकारलाई नै जिम्मा दिएका छौँ, सरकारले के गर्दैछ थाहा छैन ।

एङ्कर

फोटो