वार्षिकोत्सवमा १ लाखको शैक्षिक सामग्री वितरण


नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङ जिल्लाको बेसीशहरवाट वित्तीय कारोवार संचालन गरिएको ग्लोबल आइएमई लघु वित्त वित्तीय संस्था लि.ले एक लाख रुपैयाँको शैक्षिक सामग्री विरतण गरेको छ । आफ्नो सातौं वर्षिकोत्सवको अवसरमा उक्त संस्थाले सो कार्य गरेको हो ।

आफ्नो शाखा कार्यालय रहेका ४५ जिल्लाका ६३ वटा शाखा कार्यालयहरूवाट ६४ वटा विद्यालयको २०७५ सालको कक्षा ८ को वार्षिक परीक्षामा सर्वोकृष्ट अंक ल्याउने १÷१ जना जेहन्दार विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत प्रति विद्यार्थी एक हजार रुपैयाका दरले ६४ हजार वरावरको शैक्षिक सामग्रीहरू आफ्ना शाखा प्रमुखमार्फत विद्यालयको कक्षा कोठामा गई वितरण गरेको सो संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले बताउनु भयो । उहाँका अनुसार त्यसका साथमा संस्थाका ४० वटा शाखावाट ४० जना वाल वचत कर्ताहरूलाई पनि प्रति व्यक्ति एक हजारका दरले कुल एक लाख चार हजार शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको छ ।

सोही अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले लमजुङको पाउँदी दोभान स्थित सर्वोदय सेवा आश्रममा आश्रय लिएका १२ जना जेष्ठ नागरिकहरूलाई १० हजार रुपैयाँ वरावरका खाद्यान्नहरू, तरकारी र फलफूलहरू र सबैलाई एकजोर चप्प्पल वितरण गरेको बताउनु भयो । वार्षिकोत्सवकै अवसरमा सवै भन्दा वढी उज्यालो भविश्य वचत गरिरहने १८० जना सदस्यलाई वचतको सम्मान गरि अचम्मको कोशेली वितरण गरिएको कुँवरले बताउनु भयो ।

संस्थाको केन्द्र संख्या पाँच हजार तीन सय १७, समूह १६ हजार आठ सय ५३, सदस्य ग्राहक संख्या ७६ हजार एक सय ५९ जना, ऋणी उद्यमीहरू ४९ हजार नौ सय ८६ जना रहेको कुँवरले बताउनु भयो । उहाँका अनुसार वचत तथा निक्षेप रकम ७६ करोड २७ लाख २९ हजार चार सय २७ रुपैयाँ रहेको, ऋण लगानी तीन अर्ब दुई करोड,४१ लाख २१ हजार एक सय १२ रुपैयाँ रहेको बताउनु भयो ।

त्यस्तै, चुक्तापुँजी ११ करोड, चार लाख ५७ हजार पाँच सय रहेको, बैैंक तथा वित्तीय संंस्थाहरूवाट सापटी लिएको रकम दुई अर्व २२ करोड ९३ लाख ६४ हजार एक सय ५९ रुपैयाँ रहेको कुँवरको भनाई छ । उहाँका अनुसार उक्त संस्थालाई कर्जा प्र्रदायक बैैक तथा वित्तीय संंस्थाको संख्या ३३ रहेको, वाल वचत कर्ता १३ हजार आठ सय १२ जना र वाल वचत रकम तीन लाख ३६ लाख ५९ हजार चार सय ३८ रुपैयाँ रहेको बताउनु भयो ।

२०७० को जेठ एक गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी जेठ ५ गतेबाट कारोबार सुरु गरेको सो संस्थाले छ वर्षको छोटो अवधिमा उक्त प्रगति गरेको संस्थाका अध्यक्ष बुद्धि अकेलाले बताउनु भयो । उहाँका अनुसार संस्था सञ्चालनको ६ वर्ष सफलतापुर्वक सम्पन्न भएको र आगामी वर्षहरु पनि संस्थाले प्रगति गर्दै जाने विश्वास गरिएको छ भन्नुभयो ।