बम बनाउँदै गर्दा बिष्फोटमा परी २ जना घाइते


पर्वत, (नेस) ।

पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम बनाउँदै गर्दा बिष्फोटमा परि दुई युवा घाइते भएका छन ।
पर्वतको बिहादी गाउँपालिका ६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद्ध भरेर बम बनाउँदै गर्दा बिष्फोट हुँदा स्थानिय युवा घाइते भएका हुन ।

बिष्फोटमा परि बिहादी ६ का २७ बर्षिय छबिलाल घर्ती र १९ बर्षिय समिर राना घाइते भएका छन । घाइते घर्तीको अबस्था भने गम्भीर रहेको छ । उनको मिसन अस्पतालमा पाल्पामा उपचार भैरहेको छ भने घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुले माछा मार्नका लागि सलाईको बारुद्ध भरेर बम बनाउने गरेको पाइएको छ । खोलामा माछा मार्न जाने तयारीका क्रममा बिष्फोट भएको बताइन्छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ल प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।