आज दुवै सदनको बैठक बस्दै

0
Shares

काठमाडौं । दुवै सदनको बैठक सोमबार (आज) बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट सरकारको आर्थिक वर्ष २०७४–७५ को सुशासन प्रतिवेदन तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको  प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रमाण दोस्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।