एकिकृत घुम्ति सेवा शिविरमा ९ सय ८६ जनाले लिए सेवा


सरस्वति न्यौपाने, रसुुवा । जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिका को सहकार्यमा विहिवार सम्पन्न एकिकृत घुम्ति सेवा शिविरमा नौ सय ८६जनाले सेवा लिएका छन ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी का अनुसार नागरिकता ९७ जना , घरेलु उद्योग दर्ता ७ वटा र परामर्श सेवा २५ जना , मतदाता नामावलि संकलन १२९ , स्वास्थ्य जाँच सेवा, १७० सुहारा समेत, कृषि सेवा परमर्श ३५ पशुपालन जाँच र सेवा परामर्श ७५, आयुर्वेद ६५ आँखा उपचार १६५, ट्राफिक सचेतना कक्षा लाभान्वित ५० बाल विवाह मानव वेचविखन लागु औषध सचेतना कक्षा परामर्श लाभान्वित ५०, रहेका छन ।

यस्तै विपद व्यवस्थापन माइनिङ शिक्षा लाभान्वित ५० रहेका छन एकिकृतत घुम्ति सेवाले दुर दराजमा रहेका आम मानिसहरुलाई सरल र सहज होस भन्नका लागी यस्तो कार्यक्रम राखिएको प्र.जि. अ. भण्डारीले बताए ।