पर्यटन प्रवद्धनका लागी सरसफाइ अभियान


सरस्वति न्यौपाने, रसुवा,

पर्यटन प्रवद्धनका लागी स्वच्छ वातावरण का साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियान लाइ सार्थक बनाउन आज गोसाइकुण्ड गाउँपालिका वडा न. ६ धुन्चेको वजार हाता भित्र सरसफाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवा लाङटाङ राष्ट्रिय निकुञ्ज , नेपाल रेडक्रस सोसाइटी , मानेकोर सोसाइटी नेपाल , सक्षम सोसाइटी नेपाल , जि.वाइ.टि.टि.एस को सहयोगमा गोसाइकुण्ड गाउँपालिका र वडा न. ६ को सहयोगमा गरेको सरसफाइ अभियानमा घर आगन गाउँ टोल र समाज लाई सफा बनाइ वन वन्यजन्तु वातावरण जोगाई आन्तरिक तथा वाध्य पर्यटन लाई भित्रयाई रोजगारीको अवसर जुटाउन पर्नेमा जोड दिइएको छ ।

सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी प्रमुख संरक्षण अधिकृत सुस्मा राना , कालिजंग गणका सेनानी टेक श्रेष्ठ , नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ , शस्त्र प्रहरी प्रमुख मेघराज जोशि , प्रहरी प्रमुख भागेन्द्र ढकाल , कोष नियन्त्रक प्रमुख दिपक लामिछाने , तीन वटा सुरक्षा बुद्धिजिवि , समाजसेवी , विद्यार्थी , लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।