भुमि सम्बन्धि समस्या समाधानका लागि एकीकृत कानुन तर्जुमा गर्नेः मन्त्री अर्याल


सरस्वति न्यौपाने रसुवा ।
जिल्लामा रहेको भुमि सम्बन्धि समस्या समाधान गर्न का लागी एकिकृत कानुन तर्जुमा गरि प्रक्रिया अगाडि बढाउने भुमि व्यवस्था सहकारी तथा गरिबिनिबारण माननिय मन्त्री पदमा कुमारी अर्यालले बताउनुभयो ।

मन्त्री अर्यालले भुमि समस्या जटिल र पुरानो संरचना अनुसार काम गर्नु पर्ने वबध्यता अझै रहेको मालपोत र नापि कार्यालय मा नयाँ र प्रविधि युक्त कार्य हरु विस्तार गर्दै भुमिको एकिकृत तथ्याङक लिइ नापि गर्ने र जति पनि भुमि सम्बन्धि समस्या हरु लाइ निराकरण को लागी एउटै खाले कानुन बनाएर अघि बढन मन्त्रालय ले प्रक्रिया अगाडि बढाउने योजना रहेको शुक्रबार कालिकास्थानमा आयोजित भुमि सवालवात बृहत अन्तरकृया कार्यक्रमलाइ उदघाटन गर्दै उक्त कुरा बताउनु भयो ।

शुक्रबार भएको उक्त कार्यक्रममा रसुवा जिल्लामा विद्यमान रहेको विर्ता समस्या गुठि समस्या भुमिहिन सुकुमबासि समस्या सडकको कारण पीडित बनेका परिवार भुकम्प का कारण समस्या मा परेको परिवारको सवाल को विषय नेपालमा साठी वर्ष पहिले उन्मुलन भएको बिर्ता प्रथा रसुवामा अझै जीवित रहेको ३० पुस्ता भन्दा पहिले देखि गर्दै आएके जग्गा गुठिको नाम माघ २०३९ सालबाट सुरु भएको पासाङ ल्हामु सडकबाट पीडित भएका परिवारले राहत पाउन सकेका छैनन् भुकम्प गएको ४ वर्ष भइसक्यो अझै पनि केहि परिवार छुटमा परिरहेका छन् भने केहि परिवार छुटमा परिरहेका छन् यस्ता विषयहरुमा वृहत अन्तरकृया भइ भुमि व्यवस्था मन्त्री ले यसको समस्या को समाधान को पहल गरिने सहभागीहरुले बताए ।