प्रधानमन्त्री रहेकाे लुम्बिनी नजिकै शंकास्पद बस्तु फेला

0
Shares

कपिलवस्तु । लुम्बिनी नजिकै शंकास्पद बस्तु फेला परेको छ । सिद्धार्थराजमार्गको कोटिहवामा विस्फोटक पदार्थजस्तै देखिने वस्तु फेला परेको हो ।

बुद्धजयन्ती मनाइरहेका बेला बुटवल भैरहवा सडक खण्डकमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बस्तु  डिस्पोजलका लागि सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बमजस्तो बस्तु भेटिएपछि सवारीसाधन आवतजावत राेकिएका छन्  ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ ।

फाइल तस्विर