श्रममन्त्रीको मध्यस्थतापछि चिया मजदूर काममा जाने भए



>ddGqL lji6 lrof aufg lg/LIf0f >d, /f]huf/ tyf ;fdflhs ;’/IffdGqL uf]s0f{ lji6nufot 6f]nL z’qmaf/ Onfdsf] sGofd lrof aufgsf] lg/LIf0f ub}{ tl:a/ M u+uf k/fh’nL, /f;;, kz’kltgu/

गणेश घिमिरे, इलाम
इलाम र झापाका सातवटा चिया बगानको सञ्चालक त्रिवेणी ग्रुपका सुवास संघाईले श्रम ऐनमा उल्लेखित ज्याला दिने भएपछि बन्द रहेका कन्याम र इलामका चिया बगान पनि अब खुल्ने भएका छन् ।

न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयनको सहमतिपछि निजी चिया उद्योग–बगान चालू भए पनि जिल्लाका दुई सरकारी बगान भने खुल्न सकेका थिएनन् ।
व्यवस्थापन पक्षले इलामका चिया बगानमा आफूलाई ‘घाटा’ भएको भन्दै न्यूनतम् ज्याला र ऐन कार्यान्वयन अल्झाएपछि बगान÷उद्योग खुल्न सकेको थिएन । तर, शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसहितको टोली इलाम आएको समयमा सञ्चालक सुबास संघाईले श्रम ऐनमा उल्लेखित ज्याला दिने प्रतिबद्धता जनाउनुभयो ।

उहा“ले प्रतिबद्धता जनाएपछि अब इलाम र कन्याम चिया बगान पनि सुचारु हुने भएको छ । संघाईले मजदुरलाई श्रम ऐनमा उल्लेखित ज्याला दिन तयार रहेकाले काममा फर्कन मजदुरलाई आग्रह गर्नुभयो । ‘सरकारले पनि उद्योगीका लागि सहयोग गर्ने आश्वासन दिएकाले आफूहरु श्रम ऐनमा उल्लेखित ज्याला दिन तयार भएको हो ।’ संघाईले भन्नुभयो–‘सरकारले आश्वसन नदिएको भए श्रम ऐनमा उल्लेखित ज्याला दिन सक्ने अवस्था थिएन ।’

मन्त्री विष्टले पनि मजदुरहरुको सम्पूर्ण समस्या समाधान भएकाले अब सम्पूर्ण मजदूर काममा फर्किन आग्रह गर्नुभयो । मन्त्री विष्टसहित सञ्चालक सुवास संघाई, मन्त्रालयका सचिवसहितको टोलीले इलाम चिया बगानमै गएर मजदूरको समस्या सुन्नुभएको थियो । सो क्रममा इलाम चिया बगानमा कार्यरत मजदूर सरस्वती चम्लगाईले दिनभर बगानमा खटिएर काम गर्दा पनि उचित ज्याला नपाएको, आफूहरु धेरै पीडामा परेकाले जुनै पनि हालतमा आफूहरुलाई श्रम ऐनमा उल्लेखित ज्याला दिनुपर्ने बताउनु भएको थियो । उता झापाका निजी उद्योग बगान व्यवस्थापन पक्ष र आन्दोलनरत चिया श्रमिकबीच सोमबार सहमति जुटेको थियो । सहमतिपछि मंगलबारदेखि उद्योग÷बगान खुलेका थिए । तर, जिल्लाकै ठूलो कन्याम र इलाम चिया बगान भने खुल्न सकेको थिएन । दुई बगान र उद्योग भने ‘घाटा’को बहानामा बन्द रहेका थिए ।

जिल्लाका इलाम, कन्याम, सोक्तिम, चिलिमकोट तथा झापाका बर्ने, बारादसी र टोकला चिया बगान सरकारी स्वामित्वका हुन् । सातै बगान सरकारले २०५७ सालमा भारतीय त्रिवेणी संघाई समूहलाई ६५ प्रतिशत हिस्सा दिएर लिजमा दिएको हो । श्रमिकले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन माग गर्दै आन्दोलन गर्दै आएका थिए । सरकारले गत साउनदेखि लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला तीन सय ८५ रुपिया“ तोकेको छ । इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन् । गत साउनदेखि नपाइरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदुरलाई भुक्तानी गरिसक्ने समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्