सत्यमोहन जोशीको अरनिको कृति चिनियाँ भाषामा पनि पढ्न पाइने


नेपाल समाचारपत्र, ललितपुर ।
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको अनुसन्धात्मक कृति अरनिको चिनियाँ भाषा प्रकाशित हुने भएको छ ।

ललितपुरको बखुम्हालस्थिति जोशीको निवासमा शुक्रबार पुग्नुभएका चिनियाँ राजदुत होउ यान्छीले सो को जानकारी दिनुभयो । सो कृति नेपाल र नेपाली भाषामा प्रकाशित भइसकेको छ । २०४४ सालमा राजा वीरेन्द्रले चीनको प्रधानमन्त्री र राष्ट्रपतिलाई उपहार दिन सो पुस्तक लिएर चीनको औपचारिक भ्रमण गर्नुभएका थियो ।

करिब ४५ मिनेटको भेटघाटमा जोशीले अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु, अरनिको, नेपाल र चिनबिचको सम्बन्धको बारेमा चिनियाँ राजदूतलाई जानकारी समेत गराउनुभयो । संस्कृतिविद् जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन, अनुसन्धाका विषयमा समेत जानकारी गराउनुभयो ।

राजदूत यान्छीले जोशीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभयो । जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको बताउनुभयो ।

भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद, जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना मायाको चिनो प्रदान गर्नुभयो सो अवसरमा ललितपुर महानगरपालिकाकातर्फबाट प्रमुख चिरीबाबु महर्जनले मन्छिन्द्रनाथको रथ प्रदान गर्नुभयो ।

सो अवसरमा वडा नं ३ का वडाअध्यक्ष सत्यमोहन जोशी सम्मान समारोह समितिकाको कार्यसम्पादक समितिका संयोजक श्रीगोपाल महर्जन, वडा नं ९ का वडाअध्यक्ष राजु महर्जन, समाजसेवी अजरमान जोशी समेतको उपस्थिति रहेको थियो ।