सदरमुकामका १६ वटा पसलमा छड्के अनुगमन

0
Shares

गणेश विष्ट, भोजपुर ।
आज भोजपुर सदरमुकामका १६ पसलहरुको छड्के अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय भोजपुरसंग को समन्वयमा अनुगमन गरेको हो छ ।

अनुगमन गरिएका किरणा तथा मिठाई पसलको अवस्था सन्तोष जनक पाएको भएपनि धेरै जसो मासु पसलहरुले भने सरसफाइमा ध्यान दिनु पर्ने देखिएको गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख शिवशंकर मिश्रले जानकारी दिनु भयो ।

साथै उहाँले त्यस्ता पसललाई सरसफाईसंगै मासु राख्ने ठाउँ जाली तथा सिसा लगाउन सचेत गराईएको समेत बताउनु भयो ।

त्यस्तै एउटा दुग्ध उद्योगमा अनुज्ञा राखेको नपाएको तत्काल राख्न भनिएको मिश्रले जानकारी दिनु भयो । मिठाई पसलहरुलाई पनि अखाद्यहरुको रंगको प्रयोग नगर्न भनिएको अनुगमन समितिले जनाएको छ ।