पहिरोमा परेका घाइतेलाई हेलीकप्टरबाट उद्धार


धनवीर दाहाल,रुकुम ।

सडक निर्माण गर्ने क्रममा माथिबाट पहिरो आएपछि गम्भीर घाइते भएका दुई जनालाई हेलीकोप्टर मार्फत उद्धार गरि अस्पताल पुर्याइएको छ ।

डोल्पा जिल्लाको फोक्सन्डोमा सडक खन्ने काम गरिरहनुभएका रुकुम पश्चिम आठबिसकोट नगरपालिका खदीका चक्रबहादुर देवकोटा र बिरमान सार्की पहिरोमा परी गम्भीर घाइते हुनुभएको छ ।

उहाँहरुलाई पुर्व गृहमन्त्री जनार्दन शर्माको पहलमा हेलीकोप्टर मार्फत नेपालगंज पुर्याइएको हो । सडक खन्नेक्रममा माथीबाट पहिरो आएर उहाँहरु घाइते भएको खवर आएपछि नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो ।

हेलिकोप्टरबाट उद्दार गरेर दुबै घाइतेलाइ नेपालगञ्ज पुर्याइएको प्रभाकरका स्वकीय सचिव श्रीकुमार कठायतले जानकारी दिनुभयो ।