भोली ललितपुरको सातदोबाटो क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने


नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा खण्डमा पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले भोली बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

पिआईडि फिडर र रेडिायो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएका हो ।

लगनखेल वितरण केन्द्रले विद्युत आपूर्ति बन्द हुने भएको यसबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको बताएको छ ।

साथै उक्त स्थानमा चाडै कार्य सम्पन्न भएमा समय हेरफेर हुन सक्ने समेत जानकरी गराएको छ ।