सिमा सुरक्षाका विषयमा २ देशका सुरक्षा अधिकारीबीच छलफल


किरन धामी, दार्चुला ।
सिमा क्षेत्रको सुरक्षा अवस्था र सिमा अपराध नियन्त्रणका लागी नेपाली र भारतिय सुरक्षा अधिकारीहरु बिच शुक्रबार भारतको जौलजिविमा शिष्टाचार भेटघाट तथा छलफल भएको छ ।

सिमा क्षेत्रको सुरक्षा अवस्था, अवैध गतिविधि र सिमा अपराध नियन्त्रणका लागी नेपाली र भारतिय सुरक्षा अधिकारी बिच शिष्टाचार भेटघाट तथा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाका गुल्मपति भिम चन्दले जानकारी दिनुभयो ।

भारतिय सिमा सुरक्षा बल (एसएसबी) को जौलजिवि स्थित ई कम्पनीमा शिष्टाचार भेटघाट तथा सिमा सुरक्षाका विषयमा छलफल भएको उहाले बताउनु भयो । छलफलमा दुई देशको हितका लागी सिमा सुरक्षाको विषयमा एक अर्कालाई सहयोग गरेर अगाडी बढ्ने सहमती भएको उहाले बताउनु भयो ।

छलफलमा नेपालबाट सहायक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवर, सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाका गुल्मपति भिम चन्द र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रविन्द्र कठायत सहभागी हुनु भएको थियो, भने भारतिय सिमा सुरक्षा बल (एसएसबी) का कमाण्डेन्ट सुरेश कुमार शास्त्री लगायत अन्य सुरक्षा अधिकारी सहभागी हुनु भएको थियो ।