काठमाडौंमा भूकम्पको धक्का


काठमाडौं, आज दिउँसो २ बजेर ८ मिनेटमा भूकम्प महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो।

भूकम्पको केन्द्र भने धादिङको कुम्पुर रहेको बताइएको छ। यसअघि गत वैशाख १६ र २१ गते सिन्धुपाल्चोक केन्द्र गरी भूकम्प भएको थियो। वैशाख ११ गते धादिङ नै केन्द्र बनाई ५.२ र ४.३ म्याग्नेच्युड क्षमताको भूकम्प भएको थियो।

गत वैशाख २९ गते दैलेखमा पनि ५.१ म्याग्नेच्युड क्षमताको भूकम्प महसुस भएको थियो।