सुन्धारामा ट्यांकरको ठक्करबाट युवतिको मृत्यु


नेपाल समाचारपत्र, काठमाडौं ।

सुन्धारास्थित काठमाडौं मल अगाडी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतिको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।