‘रेशमी पर्दा कहाँ छ, अमर लामा किन मारिए ?’

0
Shares

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २६ औं मदन–आश्रित स्मृति दिवस मनाइरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेस नेताले कडा टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन एमाले र माओवादीबीच एक वर्षअघि भएको एकतासँगै नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जनताको बहुदलिय जनवाद (जबज)लाई खोपाको भिमसेन बनाइएको टिप्पणी गरेका छन्।

शर्माले ट्विट गर्दै भनेका छन्, ‘जबज; खोला तरेर बिर्सेको लौरो! एमाले–माओवादी एकता घोषणासँगै ३ जेठ ०७५ बाट मदनको ‘जबज’लाई खोपाको भिमसेन बनाइयो। नेतृत्वलाई सिंहासन नीतिलाई कात्रो? कार्यकर्ताले साहसपुर्वक प्रश्न गरेनन्। भौतिक विदाइको ठ्याक्कै २५ बर्ष पुगेका दिन भएको थियो मदनको वैचारिक विदाई!’

प्रवक्ता शर्माले लगातार ट्विट गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रश्न तेर्साएका छन्। उनले प्रधानमन्त्री ओलीलाई त्यो ‘रेशमी पर्दा’ कहाँ छ कमरेड?र अमर लामा किन मारिए कमरेड प्रचण्ड? भन्दै प्रश्न गरेका छन्।