जननेताको स्मृतिलाई सार्थक बनाऔं: प्रधानमन्त्री

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जननेताको स्मृतिलाई सार्थक बनाउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाई राख्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

तत्कालिन नेकपा एमालेका दिवंगत नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो । जननेता भण्डारी र कुशल संगठन आश्रितप्रति श्रद्दा सुमन अर्पण गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘सार्थक लोकतन्त्र, समतामुलक समाज निर्माण र समृद्दिको यात्रालाई गन्तव्यमा पुर्याएर श्रदेय जननेताको स्मृतिलाई सार्थक बनाऔं ।’

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते पोखराबाट चितवनको कार्यक्रममा सहभागी हुन जाने क्रममा दासढुंगामा रहस्यमय तवरले जीप दुर्घटनामा निधन भएको थियो ।