प्रियंकाको ४ करोड फलोअर्स


बलिउड नायिका प्रियंका चोपडा आफ्नो करिअरमा यति अगाडि बढिसकिन् कि बलिउडदेखि हलिउडसम्म पनि आफ्नो पहिचान बनाइसकेकी छिन्।

आफ्नो करिअरको यो उचाइसम्म आइपुग्दा उनले फ्यानहरु पनि निकै कमाइसकेकी छिन्। त्यसैगरी उनको सामाजिक सञ्जालमा फ्यान फलोअर्सको संख्या पनि उत्तिकै छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय रहने उनको इन्स्टाग्राममा फलोअर्सको संख्या ४ करोड पुगेको छ।

आफ्नो फ्यानको संख्या ४ करोड पुगेको अवसरमा उनले धन्यवाद दिँदै एक भिडियो पनि अपलोड गरेकी छिन्। कुनै पनि सामाजिक सञ्जालमा ४ करोड फलोअर्स पाउने प्रियंका पहिलो बलिउड सेलिब्रेटी बनेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।