पत्रकार शाक्य मोटरसाईकलको ठक्करबाट घाइते


ठक्कर दिने मोटर साईकललाई चाँडै नियन्त्रणमा लिन माग
ललितपुर ।
बुद्धवाणी सप्ताहिकका सम्पादक विश्वन्तर शाक्य मोटरसाईकलको ठक्करबाट घाइते हुनुभएको छ ।
मोटरसाईकलको ठक्करबाट पत्रकार शाक्यको खुट्टामा गम्भीर चोट लागेको छ, भने बुढी औला भाँच्चिएको छ । जीउमा सामान्य चोट र अनुहार सुन्निएको छ । ठक्करबाट पत्रकार शाक्यको स्बा ५३ प ६४१४ नम्बरको स्कुटर क्षतविक्षत भएको छ ।

कोपोन्डोलबाट स्कुटर चलाएर पाटनतर्फ आइरहनुभएका पत्रकार शाक्यलाई सोमबार दिउँसो ३ बजे हिमालय होटेल अगाडिको सडकमा पछाडिबाट मोटर साईकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाईकलको नम्बर भने मंगलबार सम्म यकिन हुन सकेको छैन ।

महानगरीय ट्राफिक कार्यालयका जावलाखेलका अनुसार सो सडक खण्डमा राखिएका सि. सि क्यामराबाट ठक्कर दिने मोटर साईकल र त्यसको चालकको खोजी गरिररहेकोे छ ।

यसैबीच नेवाः पत्रकार राष्ट्रिय दबूले एक विज्ञप्ती प्रकाशित गरी ठक्कर दिने मोटरसाईकलको पहिचान गरी त्यसको चालकबाट घाइते र स्कुटरको क्षति चाँडोभन्दा चाँडो अविलम्ब उपलब्ध गराउन माग गरेको छ ।