समाज सुधार गर्ने अभियानमा पर्वतका किशोरीहरु


दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको पैंयु गाउँपालिका वडा नं ७ भोर्लेमा गठन भएको जनजागरण युवा महिला समुहका सदस्यहरु साप्ताहिक रुपमा बैठबक बस्छन । वडाका बस्ती र टोलटोलमा पुगेर सरसफाई गर्छन ।

गाउँमा बालबबिबाह, महिला हिंसा देखि टोलबस्ती फोहोर भएपछि समुहका सदस्यहरु आफ्नो गाउँटोलमा भएका समस्या समाधानका लागि लागि छन । भेला र बैठक तथा अभियानमा नआउनेहरुलाई समुहका सदस्यहरुले जरिवाना समेत तिराउने गरेका मात्रै छैनन उठेको जरिवानाबाट डस्टबिन खरिद गरि टोलटोलमा बितरण समेत गरिएको छ ।

‘हामी सबै नियमति बैठक गर्ने, छलफलबाट निस्केका समस्या समाधान गछौ’ समुहकी सदस्य नविना शर्माले भन्नुभयो ‘छलफलमा सहभागी नहुने सदस्य संग जरिवाना शुल्क लिएर त्यसलाई पनि सामाजिक सुधारका काममा लगाउँछौ’ नवजागरण महिला समुहले पोशाक र पाठ्य पुस्तकको अभाबमा बिद्यालय जान नसकेका चार जना बालबालिकालाई यस बर्ष बिद्यालयमा भर्ना समेत गरेको छ ।

नवजागरण युवा महिला समुहका सदस्यहरु मात्रै होइन पैंयु गाउँपालिका वडा नं ६ सरौंखोलाको पैंयु युवा महिला समुहका सदस्यहरुले पनि देउसी भैलो खेलेर आर्थिक संकलन गरेर संकलन भएको रकमले एक जना बिद्यार्थीलाई बिद्यालय पठाए । लामो समय देखि बिद्यालय जान छाडेर बसेकी बालिकाको उनीहरु सामुहिक रुपमा अभिभावक भएका छन र स्टेशनरी देखि पोशाक सम्म किनिदिएका छन ।

‘हामी पनि बिद्यालय पढ्ने बिद्यार्थी हौ’ समुहकी सदस्य मुना चापागाईले भन्नुभयो ‘खाजा खर्च कटाएर भएपनि केही सुधारका काम गरौ भन्ने लाग्छ’ पर्वतका १६ देखि ३० बर्ष उमेर समुहका बिवाहित र अविबाहित किशोरीहरुले पछिल्लो समय समाज, बिद्यालय र आफ्नो घर परिवारमा समेत उदाहरणीय काम गर्न थालेका हुन ।

पर्वत जिल्लामा ६१ वडा छन भने ३० वडामा यस्ता युवा महिलाहरु गठन भएका छन । हरेक वडामा गठन भएका युबा महिलाहरुको समुहको संख्या नै १ सय ७४ वटा छन । समुहहरु मिलेर ३० वटा वडास्तरीय सञ्जाल बनाएका छन । वडामा सबै युवा महिला मिलेर १६ वटा सहकारी समेत गठन गरिसकेका छन । यी समुहमा ३ हजार ४ सय ४२ जना किशोरीहरु संगठित भएका छन।

समुह र सहकारीमा मात्रै होइन ब्यबसायमा पनि उत्तिकै लागेका छन । किशोरीहरुले १ सय ५० वटा टनेल बनाएर तरकारी खेती गरिरहेका छन । ३ सय जना ब्यबसायिक रुपमा तरकारी खेतीमा संलग्न भएका छन । तरकारी खेतीमा सामुहिक र ब्यक्तिगत तबरले पनि किशोरीहरु क्रियाशिल छन । समुहकै ६ सय जनाले कुखुरापालन गरेका छन ।

वहाकीमा रहेको सफल युवा महिला समुहकी सदस्य मञ्जना न्यौपाने समुहका सदस्यहरुले आत्मनिर्भर बन्ने मात्रै होइन बालबिबाह रोक्ने, महिला र लैङ्गिक हिंसा रोक्ने अभियान समेत सञ्चालन गरिरहेको बताउनुहुन्छ ।