मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ


काठमाडौं, गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलमा पार्किङ गरी राखेको प्रदेश नम्बर ३-००२-००३ प.८१३१ नम्बरको मोटरसाइकल  चोरी गरेको अभियोगमा कागेश्वरी नगरपालिका-१ गागलफेदीबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका २६ वर्षीय तिलक बहादुर तामाङ, सोही नगरपालिका-४ जर्सिङपौवा बस्ने २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मदसजाद खान रहेका छन् ।

उक्त मोटरसाइकल शनिबार चोरी गरी सोही ठाउँस्थित मर्मत केन्द्रमा लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बिट गागलफेदी समेत खटिएको प्रहरीले कागेश्वरी नगरपालिका-१ स्थित मोटरसाइकल मर्मत केन्द्रमा जाँच गर्ने क्रममा उक्त मोटरसाइकलका पार्टपूर्जाहरु अलग्याईएको अवस्थामा फेला पारेको हो । मर्मत केन्द्रबाट अन्य मोटरसाइकलका विभिन्न पार्टपूर्जा समेत प्रहरीले बरामद गरेको छ ।