जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  


खोटाङ,
आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलाशगढी गाउँपालिका-३ वासपानी बस्ने झापा केर्खा-५ का ५० वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।