शिक्षकलाई सुचना प्रविधि सम्वधी तालिम

0
Shares

गणेश विष्ट, भोजपुर ।
टेम्केमैयुङ गाउँपालिकाका १ देखी ५ नम्वर वडा माध्यमिक र आधारभुत विद्यालयका १६ जना शिक्षकलाई आधारभुत कम्प्यूटरमसंगै सुचना प्रविधि सचेतना तालिम दिइएको छ ।

आधुनिक युगमा शिक्षकहरुमा विषयवस्तु र शिक्षण कलाले मात्र नपुग्ने ठहर गर्दै गाउँपालिकाले तालिमको आयोजना गरेको हो ।

तालिमले शिक्षण सिकाई क्रियाकलापलाई सुचना र प्रविधिसंग जोड्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ध्रुुवराज राईले बताए । साथै उनले गाउँपालिकाको शैक्षिक गुणस्तरलाई उकास्न अगाडी दिनमा थप कार्यक्रम सञ्चालन गरिने समेत जानकारी दिए ।

अध्यक्ष राईले भने ‘गाउँपालिकाको शिक्षाको गुणस्तर उकास्न हामी लागि परेका छौ, गाउँसभाले कर्मचारी, जनप्रतिधिनि लगाएतले छोराछोरी नीजि विद्यालयमा पढाउन नदिने निर्णय गरेको छ, त्यो कार्यान्वन पनि भइरहेको छ, आगमी दिन पक्कै पनि सामुदायिक विद्यालयको गुणस्तरमा केहि सुधार हुन्छ ।’ सात दिन सम्म सञ्चालन भएको तालिमको सहजीकरण गाउँपालिकाका सुचना प्रविधि अधिकृत दिपक खड्काले गरेका थिए ।

तालिमका सहयोगी शिक्षकहरुले तालिम अत्यान्तै व्यावहारिक र समय सान्दिर्भिक रहेको वताउदै आफूहरुले सिकेका कुरालाई विद्यार्थीहरु माझ पु¥याउने बताए । सोही तालिम भोलीबाट अन्य विद्यालयका १६ जना शिक्षकलाई दिईने गाउँपालिकाले जनाएको छ ।