दैलेखमा युवकको रहस्यमय हत्या


हिक्मत नेपाली, दैलेख ।
दैलेखको नारायण नगरपालिका–५ छातीकोटमा सोमवार राती एक युवकको हत्या भएको छ । आफन्तको विवाहमा गएका ३२ बर्षिया प्रेम बहादुर थापालाई सोहि स्थानका दान बहादुर थापा र पहलसिंह सारुले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दैलेख प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

आफन्तको विवाह घरमा मदिरा सेवन गरी सामान्य विवाद हुन थालेपछि स्थानीयले विवाद नियन्त्रणमा लिएका थिए । तर घर फर्कने क्रममा मृतक थापा र सोहि स्थानका दान बहादुर थापा र पहलसिंह सारुको समुह विच बाटोमै विवाद हुँदा उनको ज्यान गएको प्रहरी प्रमुख पोखरेलले बताउनुभयो ।

युवकको मृत्यु भएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोली परिचालन गरिएको थियो । मृतक थापाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा पठाईएको छ ।

मृतकका परिवारले जाहेरी दर्ता गराएका छन् । घटनामा संलग्न व्यक्तिहरु प्रक्राउ परिसकेको प्रहरीले जनाएको छ ।