‘ग्रामिण पर्यटन प्रबद्र्धन गण्डकी प्रदेशको पहिलो प्राथमिकता’

0
Shares

नेपाल समाचारपत्र,. पर्वत
गण्डकी प्रदेशले ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभएको छ ।

पर्वतको कुस्मा–¬१४ आर्थर डा“डाखर्कमा सञ्चालित तीन वटा घरबास (होमस्टे)को अवलोकन गर्दै मन्त्री लम्सालले प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले ग्रामीण पर्यटन प्रबद्र्धनलाई पहिलो प्राथमिकता दिएको बताउनुभएको हो ।

गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार पर्यटन भएकाले पोखरामा आउने पर्यटकको बसाइ लम्ब्याउन र नया“ गन्तव्य विकास गर्न ग्रामीण पर्यटनलाई जोड दिइएको भनाइ मन्त्री लम्सालको छ । ‘पोखराले मात्रै अब आउने पर्यटकको चाप धान्न सक्दैन’, उहा“ले भन्नुभयो– ‘पोखरा नजिक रहेका बस्तीमा पर्यटक पु¥याउन सक्दा पर्यटनको विकासस“गै स्थानीयमा रोजगारीको अवसर समेत सिर्जना गर्न सकिन्छ।’ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरा आउने पर्यटकको संख्या २० लाख पुग्ने अनुमानसहित थप ग्रामीण पर्यटकीय गन्तव्य विकास गर्न लागिएको छ । ग्रामीण पर्यटनले रोजगारीसमेत सिर्जना गर्दा गरिबी घटाउन र विदेश पलायन रोक्न सकिने भनाइ उहा“को छ ।

गण्डकी प्रदेशसले यस वर्ष पहिलो चरणमा १ सय ९० होमस्टेलाई सुधार गर्न प्रदेशले १०–१० लाखका अनुदान दिएको छ भने थप ८४ वटा होमस्टेलाई समेत अनुदान दिई २ सय ७४ होमस्टे प्रबद्र्धन गरिसकेको छ । अनुदान लिएका होमस्टेले पर्यटकमैत्री स्थल, पूर्वाधार तथा विभिन्न क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । सन् २०२२ लाई गण्डकी प्रदेशले अन्तर्राष्ट्रियस्तरको प्रदेश भ्रमण वर्ष मनाउन लागेको छ । त्यस त्यस अवधिसम्म प्रदेशले ३ सय ५० भन्दा बढी होमस्टेको विकास गर्ने लक्ष्य राखेको छ । ग्रामीण पर्यटनको विकास हु“दा होमस्टे सञ्चालकदेखि स्थानीयबासीसम्मले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने तथा गाउ“ छाडेर गएकासमेत फर्केर ग्रामीण बस्ती गुल्जार बन्ने विश्वास प्रदेशले लिएको उहा“को भनाइ छ ।

अहिले पनि ग्रामीण होमस्टेले स्थानीय उत्पादन, स्थानीय परिकार र स्थानीय संस्कृति पर्यटकका लागि पस्कन नसकेकोले अब प्रदेश सरकारले स्थानीय मौलिक संस्कृति र पहिचान स्थापित गराउन होमस्टेहरुको सुधार गर्न थप लगानी गर्ने मन्त्री लम्सालले जानकारी दिनुभयो । उहा“का अनुसार अहिले तालिम, अनुदान र पछि विशेष प्याकेजकै आधारमा कार्यक्रम ल्याइनेछ ।

पर्वतको कुस्मा–१४ आर्थरमा सुनाखरी, पञ्चकोशी र सिद्धबाबा होमस्टे सञ्चालनमा छन् । यी होमस्टेले अहिले आन्तरिक पर्यटकलाई सुविधा दिने र पञ्चासे नजिक भएका कारण बाह्य पर्यटक ल्याउने वातावरण बनेपछि त्यसका लागि पूर्वाधारको विकास गर्न थालेको सिद्धबाबा होमस्टेका अध्यक्ष मेखबहाुर गुरुङले बताउनुभयो ।

सो अवसरमा मन्त्री लम्सालले तीन सय वर्ष पुरानो सङ्ग, दङ्ग दोर्जे छोलिङ्ग गुम्बा, पञ्चकोशी आमा समूहले निर्माण गर्दै आएको सुविधासम्पन्न पाहुना घरलगायतका पर्यटकीय पूर्वाधारको अनुगमन गर्नुभएको थियो । स्थानीयले गुरुङ संग्रहालय, भञ्याङदेखि साइकल लेनसहितको पक्की सडक, फूलबारी आर्थर सडक, पञ्चासेबाट आर्थरसम्म प्याराग्लाइडिङ उडान गराउन आवश्यक पहल गर्न सके पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने जानकारी गराएका थिए ।