आर्थिक गणनाको नतिजा असारमा

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५को नतिजा असारको दोस्रो हप्ता सावर्जनिक गर्ने तथ्यांक विभागले जनाएको छ । साना व्यापारिक प्रतिष्ठानदेखि ठूला कर्पाेरेट प्रतिष्ठानसम्मको आर्थिक गणना सावर्जनिक गर्ने विभागले तयारी थालेको हो । विभागले सावर्जनिक गर्ने तथ्यांकमा व्यापारिक प्रतिष्ठानमा काम गर्ने रोजगारदाता लगानीको अवस्थालगायत विभिन्न आर्थिक नतिजा सावर्जनिक गर्नेछ ।

व्यापारिक प्रतिष्ठानको, संख्या लगानी, ऋण सर्वसाधरणको पहु“च, काम गर्ने अवधि, लेखा राख्ने प्रणालीलगायत सबै पक्षको तथ्यांक सार्वजनिक गर्ने विभागका निर्देशक महेशप्रसाद प्रधानले बताउनुभयो ।

एहा“ले संयुक्त राष्ट्रसंघले वर्गीकरण गरेको नियमअनुसार विभागले वर्ग, समूह, विभाग वर्गीकरण गरेर तथ्यांक विश्लेषण गरिएको बताउनुभयो ।

यसरी विभागले सडकमा रहेको व्यापारिक प्रतिष्ठानदेखि महलमा भएका व्यापारिक प्रतिष्ठानहरुको एकमुष्ठ आर्थिक गणनामार्फत विभागले वार्षिक कार्यक्रमअनुसार नै सावर्जनिकको तयारी थालेको हो ।

। विभागले गत भदौमा नेपालभरका व्यापारिक प्रतिष्ठानका ३४ लाख रोजगारको प्रारम्भिक नतिजा सावर्जनिक गरेको थियो । नेपालभर रहेका कुल ९ लाख २२ हजार ४ सय ४५ व्यापारिक प्रतिष्ठानबाट ३४ लाख ८ हजार ७ सय जनशक्तिले रोजगार पाएको केन्द्रीय तथ्यांक विभागले गरेको गणनाबाट ‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ को प्रारम्भिक नतिजाले देखाएको थियो । जसमा पुरुषको संख्या २० लाख ४४ हजार ९ सय ८९ र महिलाको संख्या १३ लाख ६३ हजार ७ सय ५७ जनाले प्रत्यक्ष रुपमा संलग्न रहेको पाइएको छ ।

आर्थिक गतिविधिको तथ्यांक राख्ने लक्ष्यका साथ शुरु गरिएको प्रथम राष्ट्रिय आर्थिक गणनाअनुसार सबैभन्दा बढी व्यापारिक प्रतिष्ठान ३ नम्बर प्रदेशमा रहेको विभागले जनाएको थियो ।

विभागका अनुसार ३ नम्बर प्रदेशमा सबैभन्दा बढी २ लाख ८२ हजार ५६ प्रतिष्ठान रहेका छन् ।

त्यस्तै दोस्रोमा प्रदेश नम्बर १ मा १ लाख ६८ हजार ४ सय ३४, तेस्रोमा प्रदेश ५ मा १ लाख ४७ हजार ८ सय १७, चौथोमा प्रदेश २ मा १ लाख १७ हजार ५ सय ८८,पा“चँैमा गण्डकी प्रदेशमा १ लाख ६ सय ८८, छैठौंमा प्रदेश ६ मा ६२ हजार ९ सय ७० र सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८ सय १७ व्यापारिक प्रतिष्ठान रहेको विभागले जनाएको छ । सबैभन्दा बढी रहेको ३ नम्बर प्रदेशमा करिब १२ लाखले रोजगार पाएका छन् भने कम कर्णालीमा १ लाख ३२ हजार ४ सय २५ कर्णालीमा जनशक्ति संलग्न रहेका छन् । काठमाडौं जिल्लामा सबैभन्दा बढी १ लाख २३ हजार ९ सय ९४ र मनाङ सबैभन्दा कम ४ सय ८७ व्यापारिक प्रतिष्ठान रहेका छन् ।

गत वैशाख १ मा औपचारिक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुरुवात गर्नु भएको थियो । ‘दिगो आर्थिक विकासको आधारका लागि आर्थिक गणना’ भन्ने नाराका साथ काम शुरू गरिएको थियो । मुलकको समग्र आर्थिक स्थितीको बारेमा तथ्याङक संकलन गरेर विभागले आर्थिक अभिलेख राख्ने उदेश्यका साथ गणना थालिएको थियो विभागले जनाएको छ । ७७ जिल्लामा ३ हजार ५ सय आर्थिक गणक खटाएर विभागले जेष्ठ ३१ गतेसम्म संकलन गर्ने गणनामा करिब ४० करोड रुपिया“को बजेट खर्च भएको अनुमान छ।

आर्थिक गणनाले साना उद्योगदेखि ठूला उद्योग पसल ठूला औद्योगिक प्रतिष्ठानसमेतको अभिलेख राखिने लक्ष्य राखिएको थियो । विभागले गरेको गणनाले मुलुकको अर्थतन्त्रको समग्र वस्तुगत अभिलेख प्राप्त हुनेछ भने गणनाले गर्दा व्यापार व्यावसाय गर्नको लागि लगानीकर्तालाई सहज वातावरण तयार हुने जनाएको छ ।

आर्थिक गणनामा मुलकको आर्थिक गतिविधिस“ग सम्बन्ध राख्ने बैंक, वित्तीय, बीमासम्बन्धी कारोबार थोक तथा खुद्रा व्यापार, कृषि, वन, आपूर्ति व्यवस्थापन, शिक्षा, स्वास्थ्य, यातायात, आवास, औद्योगिक उत्पादन, पेसागत क्रियाकलाप, मर्मत सम्भार, उत्पादन तथा प्रशोधन क्रियाकलाप, मानवीय आर्थिक उपार्जनका लागि गरिने क्रियाकलाप कला मनोरञ्जनलगायतका आर्थिक गणनामा समावेस गरिने छ । विभागले सार्वजनीक गर्ने प्रतिवेदनमा रोजगारदाता, व्यवसायको प्रकृति आर्थिक उर्पाजको अवस्थासमेत सावर्जनिक गरिने विभागको भनाइ रहेको छ ।

यसरी गणनामा माथि उल्लेखित क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, प“ुजी लगानी ऋणमा पह“ुच, रोजगारी, औसत बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलब ज्याला खर्च आदि सम्बन्धी विवरण संकलन गरिएको विभागले जनाएको छ ।