किसानलाई निःशुल्क बोयर बोका

0
Shares

धनवीर दाहाल,रुकुम
बाख्रापालन व्यवसायमा रहेका किसानका बाख्रा उत्पादनमा वृद्धि गरी व्यावसायिकरण गर्ने उद्देश्यका साथ जिल्लाका बाख्रापालक किसानलाई निःशुल्क बोयर क्रस बोका वितरण गरिएको छ ।
किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके)द्वारा बाख्रापालक किसानलाई २५ वटा बोयर जातका बोका वितरण गरिएको हो । त्रिवेणी गाउ“पालिका वडा नं. ३ र ६ मा रहेको देउतीबज्यै बोयर मल्टिप्लायर हर्डमा १२ वटा र शिव गुफा बोयर मल्टी प्लायर हर्ड नुवाकोटमा १३ वटाबोयर जातका बोका वितरण गरिएको केयुबीकेले जनाएको छ ।

बोयर क्रस बोका वितरण कार्यक्रममा केयुबीकेका साना पशुपालक व्यावसायिकरणका संयोजक डा.केशवप्रसाद प्रेमीले किसानलाई छिटो र बढी आर्थिक लाभ दिनलाई बोयर जातको बोका वितरण गरिएको बताउनुभयो ।

उहा“का अनुसार, रुकुममा ५० प्रतिशत बोयर क्रस बोका वितरण गरिएको हो । वितरण गरिएका बोकाबाट उत्पादन भएका पाठापाठीको औसत तौल दैनिक १ सय ७० ग्राम वृद्धि हुने र ४÷५ महिनामै बिक्रीयोग्य हुने भएकाले बाख्रापालक किसानले छिटो आर्थिक लाभ लिन सकिने संयोजक प्रेमीले जनाउनुभयो ।

बोयर बोका र लोकल बाख्राबाट क्रस भएर उत्पादन भएका खसिबोका स्थानीय जातको भन्दा मह“गो, पालन गर्न सजिलो र चा“डै बढी तौलका हुने भएकाले बोयर बोकाको माग बढिरहेको छ । बोयर बोका वितरण कार्यक्रममा देउतीबज्यै बोयर मल्टी प्लायर हर्ड सञ्चालक समितिका उपाध्यक्ष टीका ओलीले केयुबिकेले दिएका बोकाबाट समूहमा बाख्राको उत्पादन बढेपछि बोयर बोकाप्रति किसानको आकर्षण बढेको बताउनुभयो ।

शिव गुफा बोयर मल्टीप्लायर हर्ड सञ्चालक समितिका अध्यक्ष प्रेमकुमारी चन्द खड्काले बोयर क्रस बोकाबाट उत्पादन भएका खसी बोकाको तौल बढी हुने भएकाले छिट्टै बेचेर फाइदा लिन सजिलो भएको जनाउनुभयो ।

प्रजनन्योग्य माउ बाख्राको संख्याको आधारमा केयुबीकेद्वारा गठित २ वटा मल्टीप्यालयर हर्डमा निःशुल्क बोयर क्रस बोका वितरण गरिएको किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम, कार्यान्वयन इकाई रुकुमका दुग्ध विकास विशेषज्ञ सुलभ भण्डारीले बताउनुभयो । उहा“का अनुसार, गत वर्ष पनि देउतीबज्यै बोयर मल्टीप्लायर हर्डमा र शिवगुफा बोयर मल्टिप्लायर हर्डमा क्रमशः १० र १३ वटा बोयर क्रस बोका वितरण गरिएको थियो ।

उहा“का अनुसार दुवै मल्टी प्लायर हर्डमा ६–६ वटा बाख्रा पालन समूह आबद्ध छन् । गत वर्ष वितरण गरिएका बोकाबाट देउती बज्यै बोयर मल्टिप्लायर हर्डमा ३ सय ९६ बाख्रा बाली लागेका थिए भने १ सय १ वटा पाठा र ९१ वटा पाठी उत्पादन भइसकेका छन् ।

त्यसैगरी शिव गुफा बोयर मल्टीप्लायर हर्डमा ३ सय ७२ वटा बाख्रा बाली लागेकोमा ७६ पाठा र ८३ पाठी उत्पादन भएका छन् । दुग्ध विकास विशेषज्ञ भण्डारीका अनुसार, केही उत्पादनको प्रक्रियामा रहेका छन् भने केही बिक्रीसमेत भइसकेका छन् । खारामा रहेको देउती बज्यै बोयर मल्टीप्लायर हर्डमा हालसम्म १ सय ३५ वटा खसीबोका बिक्री गरेर १४ लाख ७९ हजार ३ सय रकम आर्जन गरेको किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम, कृषि उद्यम केन्द्रका जिल्ला कृषि व्यवसाय विकास सल्लाहकार राजु लामिछानेले बताउनुभयो ।

उहा“का अनुसार नुवाकोटमा रहेको शिव गुफाबोयर मल्टिप्लायर हर्डमा हालसम्म २ सय १ वटा खसीबोका बिक्री भएका छन् ।

उक्त बिक्रीबाट बाख्रापालक किसानले २१ लख ६९ हजार ६ सय बराबरको कारोबार गरेका छन् ।
साना पशुपालक किसानको व्यावसायिकरणमार्फत ग्रामीण विकासलाई दिगो बनाउने लक्ष्यले सञ्चालित केयुबीकेले बाख्रापालक किसानलाई खोर सुधार, घा“स वितरण, खोप तथा औषधि वितरण, विभिन्न तालिम प्रदानलगायतका कार्यक्रममा सहयोग गर्दै आएको छ ।