‘सुन साइँली’ गीतका रेकर्डिस्ट महत बुहारी हत्याको आरोपमा प्रहरी खोरमा

0
Shares

काठमाडौं । चर्चित गीत ‘सुन साइली’ गीतका रेकर्डिस्ट उज्वल महत आफ्नै भाइकी श्रीमती (बुहारी हत्याको आरोपमा पक्राउ परेका छन् । उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महत (लामा) को खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुहारीको हत्या गरेपछि घरमै रहेकी आमालाई उनले त्यसबारे जानकारी गराएका थिए । उनले हत्यापछि ‘आमा मैले बुहारीलाई काटें प्रहरीलाई बोलाउनुस्’ भनेपछि घरकाले घटना थाहा पाएको जनाइएको छ । त्यसपछि प्रहरीलाई खबर भएको थियो । प्रहरी पुग्दा उनी घरमै थिए । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

बहुचर्चित गीत ‘सुन साइली’ को उनले रेकर्डिस्टका रुपमा काम गरेका थिए । केही गीतमा उनले संगीत पनि भरेका छन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ । अञ्जना केहि दिनभित्रै विदेश जाने तयारीमा रहेको बुझिएको छ ।

घटनाको कारण अझै खुलिसकेको छैन । तर, घटनाअघि महत परिवारमा सबैची आत्मीय सम्बन्ध रहेको स्थानीयले जानकारी दिएका छन् । हत्या आरोप लागेका उज्जललाई स्थानीयले भद्र व्यक्तिको रुपमा लिने गरेका थिए ।