खेलौना निलेर टिभी नायकका दुई वर्षे छोरीको मृत्यु

0
Shares

काठमाडाैं । नायक प्रतिश बोराकी दुई वर्षीया छोरीको खेलाैना निलेर  मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार बुधबार राती प्रतिशकी छोरी राजकोट, गुजरातस्थित आफ्नो घरमा खेलौनासँग खेल्दा खेल्दै उनले खेलौनाको टुक्रा मुखमा हालिन् र उनको घाँटीमा गएर अड्कियो ।

सास फेर्न नसकेपछि उनको मृत्यु भयो । बिहिबार प्रतिश कार्यक्रमको सुटिङकाे तयारीमा थिए तर छोरीको मृत्युको खबर पाएपछि उनी सुटिङ रद्द गरेर राजकोट गए ।