उत्तर कोरियाली जहाज अमेरिकाले समुन्द्रबाटै नियन्त्रणमा लियो

0
Shares

काठमाडाैं । अमेरिकाले एउटा उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोपसहित अमेरिकाले उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

अमेरिकी न्यायिक विभागका अनुसार उक्त जहाजमा कोइला ओसारिँदै थियो। संयुक्त राष्ट्रसंघले निर्यातमा रोक लगाएको भन्दै अमेरिकी अधिकारीले उक्त जहाजलाई समुद्रबाट नियन्त्रणमा लिएका हुन्।

 

अमेरिकाको यो कदमसँगै दुई देशबीचको सम्बन्धमा थप तनाब बढ्ने विश्लेषकहरु बताउँछन्। पछिल्लो समय उत्तर कोरियाले परमाणु अस्त्र सम्बन्धी परीक्षणलाई जोड दिइरहेको छ।