आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ४ जना मारिए स्थित तनावग्रस्त

0
Shares

नयाँदिल्ली । आज बिहानै प्रहरी इन्काउन्टरमा एक जनाको ज्यान गएको छ । भारतको जम्मू–कश्मीर राज्यमा आज बिहानै प्रहरीले गोली चलाएको हो ।

आज बिहान शोपिया जिल्लाको अमीशपुरामा आक्रमण हुँदा एक जना आक्रमणकारी मारिएको प्रहरीले दावा गरेको छ । आक्रमण स्थलबाट केही गोलाबारुद र हतियार बरामद गरिएको छ ।

प्रहरीलाई अमीशपुरामा आतंकवादी भएको विशेष सुचना मिलेको थियो त्यसैका आधारमा प्रहरीले आज बिहानै खोजिकार्य तिव्र बनाएको थियो । प्रहरीका अनुसार आक्रमणकारीहरुले पहिले गोली चलाएका थिए जसको जवाफमा प्रहरीले पनि गोली चलाएको थियो ।

आज भन्दा झण्डै एक हप्ता पहिले भएको आक्रमणमा पनि यस क्षेत्रमा ३ जना मारिएका थिए । प्रहरी कारबाहीमा मारिनेहरुमा शीर्ष हिजबुल कमान्डर लतीफ टाइगर पनि रहेका थिए ।

उनलाई बुरहान वानीको सहयोगी मानिएको थियो । जम्मू–कश्मीर क्षेत्रमा प्रहरीले लामो समयदेखि कारबाही चलाउँदै आएको छ । एक हप्ताको बिचमा प्रहरी इन्काउन्टरमा मर्नेहरुको संख्या ४ पुगेको छ ।

(एएनआई)