एकान्तकुनामा भ्यानको ठक्करबाट एकको मृत्यु

0
Shares

ललितपुर । बिहीबार बेलुका ललितपुरमा भ्यानको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । एकान्तकुना नजिकै बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा सइकलयात्रीको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएको सातदोवाटो महानगरिय वृत्तका प्रहरी निरीक्षक विकास थपलियाले बताए ।

मृत्यु हुनेमा भारतीय नागरिक रहेको निरीक्षक थपलियाले जनाएका छन । प्रहरीका अनुसार मृतक ३५ वर्षीय अमरे आलम हाल काठमाडौंको कुलेश्वर बस्दै आएका थिए ।

भ्यानले साइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन् । भ्यानका चालक मोहन बहादुर बुढाथोकी प्रहरी नियन्त्रणमा रहेका छन् ।