इरानी कदमप्रति युरोपेली समुदाय चिन्तित

0
Shares

तेहरान ,(एजेन्सी)
युरोपेली शक्ति राष्ट्रहरुले विहिवार आफुहरु अझै इरान आणविक सम्झौता प्ति कटिवद्ध रहेको तर यसलाई धराशाायी बनाउने गरी तेहरानबाट दिइने कुनै पनि किसिमका चेतावनी स्विकार्य नहुने बताएका छन् । इरानले बुधवार सन् २०१५ को अन्तर्राष्ट्रिय आणविक सम्झौताका केहि बुँदा प्रतिको प्रतिवद्धता निलम्वन गर्ने घोषणा गरेको थियो ।

एक वर्ष अघि मात्र छ वटा शक्ति राष्ट्र सम्मिलित सो सन्धीबाट संयुक्त राज्य अमेरिका अलगिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताका बुँदाहरु इमानदारितापुर्वक ननिभाएको आरोप लगाएका थिए । सो ऐेतिहासिक आणविक सम्झौतामा अमेरिका , फ्रान्स , वेलायत , रुस , चीन र जर्मनीले हस्ताक्षर गरेका थिए ।
इरानमाथि लगाइएका आर्थिक नाकावन्दि फुकुवा गरे वापत इरानले आफ्नो आणविक कार्यक्र बन्द गर्नुपर्ने शर्तमा सो सम्झौता सम्पन्न भएके थियो । इरानी राष्ट्रपति रुहानी हूस्सेनले युरेनियम उत्पादन गर्ने चेतावनी दिएका छन् ।

इरानले पछिल्लो समयमा तवर्ष अमेरिकाले आफुमाथि लगाएको आर्थिक नाकावन्दिलाई इंगित गर्दै सम्झौताका दुईवटा बुँदालाई निलम्वित गरेको घोषणा गरेको हो । साथै इरानले आगामी साठी दिनभित्र आफु मािथ लगाइएको नाकावनिद नहटाइएको खण्डमा युरेनियम प्रशोधन कार्य शुरु गर्ने चेतावनी पनि दिएको छ ।

युरोपेली संघ ( इयु ) संयुक्त अधिराज्य , फ्रान्स र जर्मनीले इरानको यस कदम प्रति विशेष चिन्ता व्यक्त गरेका छन् । गत वर्षको नोभेम्वर देखि इरानको तेल र वित्तिय क्षेत्रलाई प्रभावित पार्ने गरी अमेरिकाले नाकावन्दि लगाएयता इरानको अर्थतन्त्त नराम्ररी खस्किँदै गइहरकेो छ ।