ट्रम्पले १० बर्ष मा ८ पटक कर नतिरेको खुलासा

0
Shares

वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् १९८५ देखि १९९४ को बीचमा क्यासिनो र रियल इस्टेटको ब्यापारमा १ अर्ब १७ करोड डलर घाटा भएको थियो । घाटाका कारण ट्रम्पले यो १० बर्षको अवधीमा ८ पटक कर तिर्नु नपरेको तथ्य वाहिर आएको छ ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले ट्रम्पको ट्याक्स रिटन्र्ससँग सम्बन्धित आधिकारिक दस्तावेजका आधारमा उक्त दावी गरिएको हो । तर दस्तावेज भने सार्वजनिक गरिएको छैन ।

सन् २०१६ को राष्ट्रपति चुनावको प्रचारमा ट्रम्पले आफुलाई कुशल ब्यापारी तथा मोलमोलाई गर्नमा पोख्त भएको बताएका थिए ।

न्युयोर्क टाइम्सका अनुसार सन् १९९० मा ट्रम्पलाई ब्यापारमा २५ करोड डलर नोक्सान भएको थियो । १९९१ मा पनि त्यति नै घाटा भएको थियो । यो उच्च आय भएका कुनै अन्य अमेरिकीको ब्यक्तिगत घाटाको तुलनामा दुई गुणा बढी हो ।

ट्रम्पलाई ब्यवसायमा फाइदै नभएको पनि होइन । ट्रम्पले १९८५ मा म्यानह्याटनको मोट्सि होटल ७ करोड ३७ लाख डलरमा किनेका थिए । १९८९ मा यसलाई उनले १८ करोड डलरमा विक्री गरेका थिए । तर ट्रम्पको घाटा यति धेरै थियो की त्यो बर्ष पनि उनलाई कर तिर्न परेको थिएन ।

सन् २०१६ मा राष्ट्रपति बनेपछि ट्रम्पका छोराले कारोबार सम्हालेका थिए । राष्ट्रपति भएपछि ट्याक्स रिटर्नको जानकारी दिन अस्विकार गरि उनले दशकौं पुरानो परम्परा तोडेका थिए । उनको करको अडिट नभएसम्म त्यसको जानकारी दिन नसक्ने उनले बताएका थिए । ट्रम्पको ट्याक्स सम्बन्धी आंकडालाई लिएर डेमोक्र्याटसले त्यसमा जाँच गराउन चाहेका छन् । ट्रम्प ब्यापारी भएकोले कुनै गडबडी गरेको हुन सक्ने उनीहरुले आसंका गरेकाछन् ।