उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रक्षेपण

0
Shares

सोल,(एजेन्सी)
उत्तर कोरियाले एक साता भन्दा कम समयमा दोश्रोृ पटक हातहतियार परिक्षण गर्ने क्रममा दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले विहिवार जनाएको छ । उत्तर पश्चिमी शहर कुसोंगबाट प्रक्षेपण गरिएका ति क्षेप्यास्त्रले पुर्व दिशा तर्फ क्रमशः ४ सय २० र २ सय ७० किमि दुरी तय गरेका थिए ।

उत्तर कोरियासंगको आणविक वार्ताको गाँठो कसरी फुकाउन सकिन्छ भनी छलफल गर्न एकजना वरिष्ठ अमेरिकी दुत दक्षिण कोरियाको भ्रमणमा रहेको अवस्थामा प्योंगयांगले यो प्रक्षेपण गरेको हो ।

राजनीतिक विशलेषकहरुले केहि समय अघि भियतनामको राजधानी हनोइमा फेब्रुअरीमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनबिच प्योंगयांगको नाकावन्दि हटाउने मागलाई लिएर वार्ता असफल भएकाले अमेरिका माथि थप दवाव दिने हिसाबले यो क्षेप्यास्त्र परिक्षण गरिएको हुनुपर्ने अनुमान गरेका छन् ।

उत्तर कोरियाले अमेरिकाले आफ्नो आणविक कार्यक्रम त्याग्न दिएको दवावको प्रतिक्रिया स्वरुप आफुमाथि लगाइएका केहि नाकावनिद खुकुलो गर्न गरेको माग ट्रम्पले अस्विकार गरेका थिए । दक्षिण कोरियाको संयुक्त सेना अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानिय समय अनुसार बिहान ४ बजेर ३० मिनेट जाँदा प्रक्षेपण गरिएका ति क्षेप्यास्त्र करिव ५० किलोमिटर उचाईमा पुगेपछि समुद«मा खसेको बताइएको छ ।

यसअघि गत शनिवार पनि उत्तरकोरियाले थुप्रै छोटो दुरीका क्षेप्यास्त्रहरु प्रक्षेपण गरेको थियो । सन् २०१७ मा प्योंगयांले अन्तरमहादेशिय क्षेप्यास्त्र परिक्षण प्रक्षपण गर्दा अन्तर्राष्ट्रिय जगतमा तहल्का नै मचिएको थियो ।