विद्यालयस्तरीय विशेष खेलकुद सुरु

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा भइरहेको छ । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् । त्यस्तै ७५ खेलाडी सहभागी शारीरिक अपाङ्गतर्फ १० स्पर्धा समावेश छन् ।