पुलिस भलिबलमा च्याम्पियन

0
Shares

नेपाल समाचारपत्र, ताप्लेजुङ
त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएर नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित नारायणी माविको मैदानमा बिहिबार भएको फाइनल खेलमा पुलिसले आर्मीलाई २५–१७,२५–१३ र २५–१९ को सेटमा हराएको हो ।

उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ७६ हजार २५१ नगदमा चित्त बुझायो । प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गर्यो ।

प्रतियोगितामा पुलिसका ओपन स्पाइकर कुल बहादुर थापा (हरि) उत्कृष्ट खेलाडी बनेर नगद १५ हजार प्राप्त गरेका छन् । अन्य विधामा पनि पुलिसकै वर्चश्व रह्यो । उत्कृष्ट सर्भरमा विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक सरोज श्रेष्ठ चुनिए । उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए । उत्कृष्ट हुनेले जनही ७–७ हजार नगद प्राप्त गरे ।