आयक्ससँग नतिजा खोसेर टोटनह्याम फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
आयक्सविरुद्ध उसकै घरेलु मैदानमा नतिजा खोसेर टोटनह्याम फाइनल पुग्दा यस सिजनको युएफा च्याम्पियन्स लिगको उपाधि प्रिमियर लिग क्लबलाई जाने पक्का भएकोे छ ।

बुधबार राति डच क्लब आयाक्सलाई ३–२ ले हराउँदै समग्रमा ३–३ बराबरी भएपनि अवे गोलको लाभमा टोटनह्याम फाइनल पुगेको हो । पहिलो लेगमा आयक्स १–० ले जितेको थियो । पहिलो पटक फाइनल खेल्न लागेको टोटनह्यामले जुन १ मा मेड्रिडमा हुने खेलमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो रात लिभरपुल उपाधिकै दावेदारी बार्सिलोनालाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको थियो । लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनालाई समग्रमा ४–३ गोलअन्तरले पराजित गरेको थियो ।

डचको मैदानमा ब्राजिलका फरवार्ड लुकास मौरा चम्किएपछि टोटनह्यामको भाग्य खुलेको थियो । ३–२ को अग्रतासँगै आयक्स फाइनल पुग्ने निकै निकट पुगिसकेको थियो । तर इन्जुरी समयको छैटो मिनेटमा मौराले गोल गरेपछि टोटनह्यामले आयक्सलाई अवे गोलको आधारमा स्तब्ध तुल्यायो । आयक्स पहिलो हाफमा २–० ले अगाडि थियो र समग्रमा ३–० को राम्रो स्थितिमा थियो ।

खेलको पाँचौ मिनेटमा कप्तान माथिस डे लिटले आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन १० मिनेट समय बाँकी छँदा हाकिम जिएकले आयाक्सको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने आयक्स पहिलो हाफको लय दोहो¥याउन सकेन । दोस्रो हाफमा टोटनह्यामले शुरुदेखि नै खेलमा नियन्त्रण बनाएको थियो । जसको नतिजा मौराले ५५ औं मिनेटमा डेले आलीको पास सदुपयोग गर्दै गोलअन्तर २–१ मा खुम्च्याए । त्यसको ४ मिनेटपछि नै उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेर खेल बराबरीमा पु¥याएका थिए ।

खेलको ५ मिनेट थप गरिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मौराले ह्याट्रिक पुरा गर्दै टोटेनह्यामलाई पहिलो पटक फाइनल पु¥याए । यद्दपि इन्जुरी समय समाप्त भएपनि २ मिनेट बढी खेलाइएको थियो भने आयक्सले आफनो घरेलु समर्थक र मैदानको साथ पाएपनि सो छोटो समय सदुपयोग गर्न सकेन ।

पछिल्ला समयमा एकै देशका दुई क्लब च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो तेस्रो पटक हो । सन् २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सी तथा सन् २०१३ मा जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्ड फाइनलमा पुगेका थिए । उपाधि क्रमशः म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिखले जितेका थिए ।