नीति तथा कार्यक्रमको पूर्व तयारीमा नमोबुद्ध नगरपालिका

0
Shares

काभ्रे । नमोबुद्ध नगरपालिकाले आव २०७६/०७७ को नीति तथा कार्यक्रमबारे पूर्व तयारी थालेको छ । नगरपालिकाले भावी योजना तथा रणनीति बनाउन २१ दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकामा कार्यरत राष्ट्रिय/अन्तराष्ट्रिय गैर सरकारी संघ संस्था, बैक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न गरिसके पश्चात प्राप्त भएको सुझावबाट आगामी बर्षको नगरपालिकाले कस्तो खालको बजेट तर्जुमा गर्दा प्रभावकारी हुने नमोबुद्ध नगरपालिकाका प्रशासकीय अधिकृत मदन कुमार बजगाँईले बताए । लक्षित वर्ग (जेष्ठ, नागरिक, महिला, अपाङ्ग, एकल महिला लगायत) हरुसँग छलफल वडा स्तरीय वालबालिकाका प्रतिनिधी तथा युवा संजालहरुसँग छलफल गरेर निति तथा कार्यक्रम तयार गरिने बताइएको छ ।

त्यस्तै, नगर स्तरीय सम्पूर्ण विद्यालयका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदानधिकारी, शिक्षक महासंघसँग, स्वास्थकर्मी , व्यवसायी, उद्योगी, सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीसँगको छलफल गरिने नगरपालिकाले जनाएको छ । उक्त छलफलको निचोडलाई नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने उदेश्यका साथ यस्तो कार्यक्रमको आयोजना गर्न पाएकोमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले खुसि व्यक्त गरे ।

२१ दिने कार्यक्रमको पहिलो दिनको कार्यक्रम २०७६ बैशाख २४ गते उद्घाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले जनचासोका बिषयलाई समेटी भावी योजना बनाउन पाउँदा खुसी लागेको बताए । देशको संक्रमणकालीन अवस्थामा २० बर्ष पछिको स्थानीय सरकारका धेरै गाह्रा अप्ठारा भएपनि नमोबुद्ध नगरपालिका जनताको सेवामा आफुलाई अब्बल बनाउन कार्यक्रमले सहयोग गर्ने बताउँदै अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको हुँदा अधिकार खोज्दा आफ्नो दायित्व के हो भन्ने बुझ्नु जरुरी भएको बताए ।

निर्वाचित जनप्रतिनिधीले २ बर्षमा के कस्ता कामहरु गरे केस्ता काम गर्नुपर्ने थियो त्यसको जानकारी लिन वडा/वडामा हुने कार्यक्रमबाट जानकार हुने मैका पाइने अवसर प्रदान भएको नमोबुद्ध नगरपालिकाका उप–प्रमुख रामदेवी तामाङले बताईन । नमोबुद्ध नगरपालिकाका जनप्रनिनिधीले सपथ ग्रहण लिएको दिन जेष्ठ १० गतेभित्र कार्यक्रमको उपलब्धीको समिक्षा पश्चात त्यसको कार्यन्वय गर्न सकिए राम्रो हुनेमा दुईमत नरहेको नमोबुद्ध नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुले बताए ।