चिसो पानीले नुहाउँदा हुन्छन यस्ता फाइदैफाइदा

0
Shares

काठमाडौं । सामान्यतया गर्मीको मौसममा मानिसले चिसो पानीको प्रयोग धेरै गर्छन । सूर्यबाट आउने तातो किरणले गर्मी बनाउँछ । गर्मीको समय सुख्खा हुने तथा हावाहुरी चल्ने समय हो ।

गर्मीको समयमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु बढी देखिन्छन् । मौसम परिवर्तन भएको कारण रुघाखोकी, ज्वोरो जस्ता समस्या देखिने भएपनि गर्मीको समयमा धेरै किसिमका स्वास्थ्य समस्या आउने गर्छन् ।

निरन्तर चलिरहने प्राकृतिक मौसम परिवर्तन भएअनुसार आफूले आफूलाई पनि अलर्ट राख्नुपर्छ । गर्मी मौसममा प्रायः सबै मानिसहरुलाई चिसो पानीले नुहाउन मनपर्छ ।

यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै हाम्रो शरीरलाई सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभएर चिसो पानीले नुहाउँदा हाम्रो शरीरका साथै मस्तिष्कलाई ठन्डा बनाएर तनाव हटाउन मद्दत गर्छ ।

चिसो पानीले नुहाउँदा हाम्रो शरीरमा रहेको किटाणु, धुलो, फोहोर पदार्थ तथा यूरिक एसिडलाई हटाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरियाहरुलाई हटाउन मद्दत गर्दछ । चिसो पानीले नुहाउँदा हाम्रो शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

यसले थकान कम गरेर शरीरलाई फूर्तिलो बनाउँछ र यसले शरीरमा रोगसंग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ र यसले हाम्रो पाचन प्रक्रियालाई मजबुद बनाउँछ । एजेन्सी