कपडाकाे अवैध व्यापार राेक्न माग

0
Shares

काठमाडाैं । कपडा उद्योगीले आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कपडा उद्योगले भोग्नु परेको समस्या अन्त्य गर्ने विषयहरु समेट्नुपर्ने माग गरेका छन् ।

बिहीबार नेपाल कपडा उद्योग संघद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कपडा क्षेत्रको नब्बे प्रतिशत अवैध व्यापार रोक्नुपर्ने माग गरिएको हो ।

उद्योगीले विद्युत् महसुलमा पचास प्रतिशत छुट दिने सरकारको निर्णय पाँच वर्षका लागि लागु गराउन सरकारसँग आग्रह गरेका छन् ।

भारतमा जस्तै मल्टी भ्याट प्रणाली लागु गर्नुपर्ने, ऋणको ब्याजमा पाँच वर्ष अनुदान दिइनुपर्ने, धागो उद्योगलाई सुबिधा बढाउनुपर्ने लगायतका विषय आगामी बजेटमा समेट्नुपर्ने माग गरेका छन् ।

उद्योगीले विदेशी उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्थामा कपडा उद्योगलाई स्थापित गरेर स्वदेशमै लाखौंको रोजगारी ग्यारेन्टी गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।