आन फुटसल: सफ्ट नेप र भोग एड प्रि क्वार्टरफाइनलमा


ललितपुर, नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा समूह चरणका खेलहरु सकिएका छन् । ३२ टिम सहभागी मध्य लिगका खेलहरु सकिएसँगै शुक्रबार प्रि क्वार्टरफाइलन र क्वार्टरफाइनल तथा शनिबार सेमिफाइनल र फाइनल खेल हुने छन् ।

समूह चरण अन्तर्गत विहीबार समूह ए र बीका खेलहरु भएका थिए । समूह ए बाट सफ्ट नेप र सर्वोत्तम सिमेट प्रि क्र्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सर्वोत्तम सिमेन्टलाई ३–१ गोल अन्तरले पराजित गरेको सफ्ट नेपले सगरमाथा टिभीमाथि ९–१ गोलको जीत दर्ता गर्न सफल भयो । अन्तिम खेलमा हिच हाइकरमाथि ५–१ को जीत दर्ता गर्दै समूह विजेता बनेको हो । सर्वोत्तम सिमेन्टले पहिलो खेलमा सफ्ट नेपसँग १–३ गोल अन्तरले पराजित भए पनि दोस्रो खेलमा हिच हाइकरमाथि ३–१ गोलको जीत दर्ता गरेको थियो । अन्तिम खेलमा सगरमाथा टिभीलाई ५–० गोलको जीत दर्ता गर्दै समूह उप विजेता बनेको थियो ।

समूह बीबाट भोग एड एण्ड इभेन्ट र बराह ज्वेलयर्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । यो समूहमा डिफेन्डिङ च्याम्पियन आउट रिच रहेकोमा उसले समूह चरण पार गर्न सकेन ।

आफ्नो पहिलो खेलमा भोग एडले आउटरिच माथि ३–२ गोल अन्तरको जीत निकाल्दा म्याक्स मिडिया माथि ९–० को जीत निकाल्दा बराह ज्वलेर्सलाई ५–४ को गोलको कठिन जीत दर्ता गरेको थियो । यसैगरी उप विजेता बनेको बराहले म्याक्स मिडियामाथि ४–१ गोलको जीत दर्ता गर्दा आउटरिचलाई ३–०ले स्तव्ध पारेको थियो ।

लगातार दुई खेल जितेको बराहले तेस्रो खेलमा भने भोग एडसँग ४–५ गोलले पराजित भए पनि उप विजेता बन्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार प्रि क्र्वाटरफाइनलमा कान्तिपुर र एड रिलज तथा मिडिया हब र क्यूएफएक्स भिड्ने छन् ।

यसैगरी माछापुच्छ«े बैंक र मिडिया बास्केट भिड्दा पिक्स इञ्जिनियरिङ सोलुसन र न्यू २४ टिभी आमने सामने हुने छन् ।
त्यस्तै शीलापत्र डटकमले मुक्तिनाथ विकास बैंकसँग खेल्दा वेलकम मिडियाले जनता टिभीको सामना गर्ने छ ।
अन्तिम प्रि क्वार्टरफाइनलका खेलहरुमा सफ्ट नेप र बराह ज्वेलर्स तथा भोग एड इभेन्ट र सर्वोत्तम सिमेन्ट आमने सामने हुने आन फुटसल प्रतियोगिताका संयोजक सन्तोष खड्काले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका महासचिव राजु कुँइकेलले बताए ।