घुस सहित निमित्त प्रमुख फरेष्टर प्रमुख पक्राउ


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिममा घुस सहित एक निमित्त प्रमुख फरेष्टर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित चौरजहारी नगरपालिका ११,को चौफा स्थित सव डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र विसी सात हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले सेवा ग्राहीबाट घुस लिन लागेको उजुरी तथा सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

मुसिकोट नगरपालिका १ को एक होटेलमा कटान आदेश सहजीकरण प्रयोजनका लागी भनि सेवाग्राहीबाट घुस लिइसकेपछि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिनुभयो ।

उनलाई अनुसन्धान थालिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ ।