देउवा र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा कुटाकुट

0
Shares

सिन्धुपाल्चोक । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट भएको छ ।

कुटाकुटमा परि कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप भएको हो ।